धनगढीः भारतसँग सीमाना जोडिएको गौरीफन्टा नाकाको अनुगमन गरिएको छ। भारतबाट फर्किएकाहरुमा कोरोनाको सङ्क्रमण दर बढेकाले नाकामा परीक्षण र खोपको व्यवस्थापनका लागि स्थलगत अनुगमन गरिएको हो। अनुगमनमा गएको समूहले कोरोनाको सङ्क्रमणदर, परीक्षणको अवस्था, सीमा क्षेत्रमा रहेका स्वास्थ्यकर्मीको जनशक्ति, स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सुरक्षा लगायतको निरीक्षण गरेको