सुदुरपस्चिम प्रदेश सरकार
भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय

भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालय

कैलाली, धनगढी(सुदुरपस्चिम प्रदेश)
जनजीवनमा सहकारीता:सहकारीपनका लागि नियमन

लागुऔषधसहित श्रीमानश्रीमती पक्राउ

२० श्रावण २०७९, शुक्रबार ०६:३८
लागुऔषधसहित श्रीमानश्रीमती पक्राउ

सुर्खेत । बिहीबार लागुऔषधसहित श्रीमानश्रीमती पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नौमूले गाउँपालिका–२ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत गुरुङ चोकस्थित बाटु सार्कीको घरमा कोठा भाडा लिएर बसेका जीवनकुमार सिंह र उनकी श्रीमती विमला बुढा क्षेत्रीलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिएका छन।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका लागुऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई बिहीबार दिउँसो साढे एक बजे पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले शंकास्पद अवस्थामा कोठामा बसिरहेका उनीहरूको जाँच गर्दा ब्राउन सुगरजस्तो देखिने खैरो धूलो पदार्थ एक पोका फेला पारी बरामद गरिएको प्रवक्ता श्रेष्ठले बताए।

उनका अनुसार लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।

[TheChamp-FB-Comments]
Footer