सुदुरपस्चिम प्रदेश सरकार
भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय

भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालय

कैलाली, धनगढी(सुदुरपस्चिम प्रदेश)
जनजीवनमा सहकारीता:सहकारीपनका लागि नियमन

चाहिनेभन्दा बढी ई-रिक्साले अस्तव्यस्त बन्दै धनगढी, छैन व्यवस्थापन गर्ने कानुन

५ श्रावण २०७९, बिहीबार ०५:४१
चाहिनेभन्दा बढी ई-रिक्साले अस्तव्यस्त बन्दै धनगढी, छैन व्यवस्थापन गर्ने कानुन

धनगढी: विद्युतीय रिक्साका कारण कैलालीको धनगढी सबैभन्दा बढी अस्तव्यवस्त भएको छ। साँघुरो सडकमा हजारौं ई-रिक्सा गुड्दा ट्राफिक व्यवस्थापनमा चुनौति देखिएको छ। जसका कारण धनगढीमा ट्राफिक जाम र दुर्घटना बढेका छन्। यातायात व्यवस्था कार्यालय धनगढीमा ६ वर्षको अन्तरालमा ५ हजार बढी ई–रिक्सा दर्ता भएको तथ्याङ्क छ। आर्थिक वर्ष २०७३/०७४ मा यातायात व्यवस्था कार्यालय धनगढीमा १ हजार ६ सय २० ई–रिक्सा दर्ता भएका छन्।

२०७४/७५ मा यो संख्या बढेर २ हजार ३२८ पुगेको छ। आर्थिक वर्ष २०७५/०७६ मा ई–रिक्साको संख्या बढेर ३ हजार ९१ पुगेको छ। यस्तै २०७६/०७७ मा ई–रिक्साको संख्या ३ हजार ६४० पुगेको छ। आर्थिक वर्ष २०७७/०७८ मा दर्ता भएका ई–रिक्साको संख्या ४ हजार ३३७ पुगेको छ भने आर्थिक वर्ष २०७८/०७९ सम्मको तथ्याङ्क हेर्दा दर्ता भएका ई–रिक्साको संख्या ५ हजार २२० पुगेको छ। धनगढीमा ई–रिक्साको संख्या अत्यधिक भएकोले ट्राफिक व्यवस्थापनमा समस्या छ।

[TheChamp-FB-Comments]
Footer