कर्णाली प्रदेशमा अझै पाठ्यपुस्तक अभाव देखिएको छ । प्रदेशमा करिब ६० हजार पाठ्यपुस्तक अभाव रहेको जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । प्रदेशका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक अभाव रहेको जनएको छ ।
यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको बताउदै कक्षा आठको नेपाली, सामाजिक, विज्ञान, स्वास्थ्य तथा शारीरिक र पेशा विषय अलि बढी अभाव रहेकोले जनक शिक्षाले छपाइमा ढिलाइ गर्दा यस वर्ष पनि विद्यार्थीले समयमै पुस्तक पाउन नसकेका जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीले बताए।