सुदुरपस्चिम प्रदेश सरकार
भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय

भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालय

कैलाली, धनगढी(सुदुरपस्चिम प्रदेश)
जनजीवनमा सहकारीता:सहकारीपनका लागि नियमन

महानगरले करको दायरा बढाउन भूमिका खेल्छ : उपप्रमुख डंगोल

३१ भाद्र २०७९, शुक्रबार ०४:२४
महानगरले करको दायरा बढाउन भूमिका खेल्छ : उपप्रमुख डंगोल

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले करको दायरा बढाउनको लागि खेल्नुपर्ने भूमिकामा सहजीकरण गर्न तयार रहेको बताएकी छन्।

बिहीवार काठमाडौंमा ग्रील तथा स्टिल व्यवसायी संघले बागमती अधिकार सम्पन्न सभ्यता एकीकृत समितिलाई सरसफाई औजार तथा बिरुवा सुरक्षा जाली हस्तान्तरण कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले व्यवसायीहरुलाई व्यवसाय दर्तामा समेत सहजीकरण गर्ने र करको दायरा बढाउने काममा सहजीकरण गर्ने बताएकी हुन्।

उनले अहिले काठमाडौं महानगरभित्र व्यवसाय दर्ता नगरी सञ्चालनमा आएको गुनासो आइरहेको भन्दै करको दायराको विषय उपप्रमुखको अधिकार पनि भएकाले विशेष ध्यान दिने प्रतिवद्धता जनाइन्।

[TheChamp-FB-Comments]
Footer